काठमाडौँ :- सुनको मूल्यमा आज ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन प्रतितोला १३ हजार ३ सय रुपैयाँले बढेको हो।
मूल्यवृद्धिसँगै सुन प्रतितोला २ लाख ८८ हजार ३ सय रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि २६५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ९२० रुपैयाँ कायम भएको छ।












