काठमाडौं :- साताको कारोबारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो। वृद्धिसँगै सुन प्रतितोला २ लाख ९३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ४५० रुपैयाँ पुगेको महासंघले जनाएको छ।












