काठमाडौं :- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपाल र भारतबीचको आपसी विश्वास हिमालझैं अग्लो र सहकार्य नदीझैं अविरल बगिरहोस् भन्ने कामना गर्नुभएको छ।
सोमबार नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले दुवै देशको आपसी सम्बन्ध थप सुदृढ हुनुका साथै दुवै राष्ट्रको समृद्धिको कामना गर्नुभएको हो।












