काठमाडौँ :- उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले तिहारको उज्यालोलाई देशको परिवर्तन र आशाको प्रतीकका रूपमा व्याख्या गरेका छन्।
तिहारको शुभकामना दिँदै उनले २०७३ सालअघिका लोडसेडिङका दिन स्मरण गरेका छन्। नागरिकको साथ र विश्वासका कारण देशलाई लोडसेडिङमुक्त बनाउन सफल भएको उल्लेख गर्दै उनले अब देशमा विद्यमान भ्रष्टाचार, गरिबी, बेरोजगारी र अन्यायको अँध्यारो हटाउनुपर्ने बताएका छन्।
‘अँध्यारोलाई सरापेर होइन, आफैँ दीप बनेर उज्यालो फैलाउनुपर्छ,’ उनले भनेका छन्।












