काठमाडौँ :- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति संरक्षण अभियानअन्तर्गत ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको दाबी गरेका छन्।
मन्त्रालयको नेतृत्व सम्हालेपछि अतिक्रमित जग्गा खाली गराउन निर्देशन दिएको उल्लेख गर्दै उनले ६ महिनामै काठमाडौं उपत्यकाभित्र उक्त जग्गा फिर्ता ल्याउन सफल भएको बताएका हुन्।
फिर्ता भएको जग्गालाई विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, गुणस्तरीय शिक्षा र अत्याधुनिक अनुसन्धानका लागि उपयोग गरिने उनले बताएका छन्।












