काठमाडौं :- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ४.८२ अंकले घटेर २ हजार ५९८.८९ विन्दुमा झरेको छ। सेन्सेटिभ परिसूचक पनि २.०२ अंकले घटेर ४६४.६३ विन्दुमा पुगेको छ।
आज १ करोड २६ लाख ५५ हजार ३७४ कित्ता सेयर ४ अर्ब ७६ करोड ५१ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ। १३ उपसमूहमध्ये ३ वटा बढ्दा १० वटा घटेका छन्।
आज १०९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५७ कम्पनीको घटेको र १३ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ। सिन्धु विकास बैंक, सयपत्री हाइड्रोपावर र घलेम्दी हाइड्रोपावरका लगानीकर्ता लाभान्वित हुँदा सानिमा ग्रोथ फण्ड, चिर्खवा हाइड्रोपावर र सोपन फर्मास्युटिकल्सका लगानीकर्ताले गुमाएका छन्।












