काठमाडौं :- नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६७ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेर ३ हजार ४ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।












