सुनसरी :- सुनसरीको धरान उपमहानगरपालिका–२० च्यानडाँडामा प्रहरीले करिब २१० किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ।
आज बिहान ३ बजेतिर दुईवटा स्कार्पियो गाडीमा गाँजा लोड भइरहेको भन्ने विशेष सूचनापछि पुगेको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले दुवै गाडीबाट आठवटा पोकामा रहेको गाँजा बरामद गरेको छ।
पक्राउ पर्नेमा सप्तरीका रामसागर कुमार यादव, राजेन्द्रप्रसाद मण्डल र राजकुमार शाह, भारत बिहारका सन्तोष ठाकुर तथा धरानका अमृत बिशुङ्खे रहेका छन्।
प्रहरीले नियन्त्रणमा लिन खोज्दा उनीहरूले भाग्ने प्रयास गरेपछि दुई राउन्ड हवाई फायर गर्नुपरेको जनाएको छ।












