बागलुङ :- बागलुङको निसीखोला गाउँपालिका–३ मा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार मृत्यु हुनेमा ३९ वर्षीया श्यामकुमारी विक, उनका १२ वर्षीय छोरा मनोज विक, ९ वर्षीय मुकेश विक र ५ वर्षीय निसन विक रहेका छन्। गाउँपालिकाका उपाध्यक्ष प्रेमबहादुर घर्तीमगरका अनुसार बिहान करिब ४/५ बजेको समयमा पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।
सोही वडाको एङवेङमा जंगबहादुर खड्काको बाख्राको खोरसमेत पहिरोमा परेको छ। खोरमा रहेका २५ बाख्रामध्ये ८ वटा पहिरोले बगाएको जनाइएको छ।












