काठमाडौँ :- प्रहरीले म्याग्दी र धनकुटाका दुई स्थानमा छापा मारेर जुवातास खेलिरहेको अवस्थामा २६ जनालाई पक्राउ गरेको छ।
म्याग्दीको मालिका गाउँपालिका–६ माथिल्लो दरबाङस्थित विष्णु निउरेको घरबाट ६ जना पक्राउ परेका छन्। उनीहरूको साथबाट ५७ हजार ४० रुपैयाँ र चार बुक तास बरामद भएको छ।
यसैगरी, धनकुटाको महालक्ष्मी नगरपालिका–४ दमारस्थित तेजकुमार श्रेष्ठको घरबाट कौडा खेलिरहेका २० जना पक्राउ परेका छन्। प्रहरीले त्यहाँबाट तीन लाख ८८ हजार ९७० रुपैयाँ र १६ थान कौडा बरामद गरेको छ।
दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












