काठमाडौँ :- हेटौँडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल मकवानपुरको हेटौँडा–१७ अंगारेश्वरमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।
दुर्घटनामा मोटरसाइकल चालक २७ वर्षीय सुदीप पाण्डे गम्भीर घाइते भएका थिए। उनलाई सीएमसी चुरेहिल अस्पताल पुर्याइएकोमा राति ९ः३५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।












