काठमाडौँ :- सरकारका पछिल्ला निर्णयलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज छलफल गर्ने भएको छ। पार्टी पदाधिकारीहरूको बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो।
बैठकमा आईजीपी परिवर्तन, पत्रकार पक्राउ, सञ्चारमाध्यममाथि भएको धरपकडलगायत विषयमा छलफल हुनेछ। साथै, सरकारका गतिविधिविरुद्ध पार्टीले अपनाउने आगामी रणनीति र आधिकारिक धारणा तय गर्ने तयारी कांग्रेसको छ।












