काठमाडौँ :- जारी एनपीएलमा आज एक खेल खेलाइँदैछ। आज साँझ ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुन लागेको हो।
हालसम्म जनकपुरले एक जित र एक हारको नतिजा निकालेको छ। पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले हारेको जनकपुरले दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको थियो।
त्यस्तै, पोखराले भने प्रतियोगिताको पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो।












