काठमाडौं :- जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०२ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ४ तथा ललितनारायण राजवंशीले ३ विकेट लिए।
१०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि सन्दीप जोराले ३४ रन तथा रोहितकुमार पौडेलले अविजित ३३ रन बनाए। दीपेन्द्रसिंह ऐरीले १५ र कुशल मल्लले ९ रनको योगदान दिए।
समूह ‘ए’ मा रहेको नेपालले अब शनिबार आयोजक जापानसँग प्रतिस्पर्धा गर्नेछ।












