सिरहा :- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सिरहा र धनुषा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्।
सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै मन्त्री लम्सालले आगामी मंसिरको पहिलो साताभित्र पुल सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिएका हुन्।
१५ वर्षदेखि अलपत्र रहेको उक्त आयोजना सम्पन्न गरी सञ्चालनमा ल्याउनु सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ।












