बारा :- बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२, तीन नम्बर पुल नजिक ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।
हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना.६ ख ३६४४ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०६५ प ७५७५ नम्बरको स्कुटरलाई गएराति करिब ११ बजे पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका मोरङका ३५ वर्षीय योगेन्द्र मगरको उपचारका क्रममा नारायणी अस्पताल वीरगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ।












