दैलेख :- दैलेखको ठाटीकाँध–४, धनकोटमा एक व्यक्तिले एकै परिवारका सदस्यहरूमाथि धारिलो हतियार प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ।
आइतबार बिहान भएको घटनामा चन्द्रबहादुर पुनकी श्रीमती बीमा पुनमगरको मृत्यु भएको वडाध्यक्ष केहेरसिंह कठायतले जानकारी दिएका छन्। आक्रमणबाट उनको टाउको र अनुहारमा गम्भीर चोट लागेको थियो।
घटनामा अन्य चार जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाटीकाँध पुर्याइएको छ। प्रहरीले घटनामा संलग्न बमबहादुर रावललाई पक्राउ गरेको छ।












