पोखरा :- पोखरा महानगरपालिका–२९, आदर्शचोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा ६१ वर्षीय रमाकान्त शर्मा रहेका छन्। तालचोकबाट पावर हाउसतर्फ जाँदै गरेको ग २४ प १६३५ नम्बरको मोटरसाइकलले जेब्राक्रसबाट बाटो काटिरहेका शर्मालाई ठक्कर दिएको थियो।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका शर्मालाई उपचारका लागि पश्चिमाञ्चल अस्पताल पुर्याइएको थियो। तर, अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।












