काठमाडौँ :- नेप्से परिसूचक आज ७.०६ अंकले बढेर २६५४ अंकमा पुगेको छ। कारोबार रकम पनि बढेको छ। आज कुल ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज अन्य समूहमा लगानीकर्ताको आकर्षण बढी देखिएको छ। उक्त समूह १.३६ प्रतिशतले बढेको छ। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, लगानी, जीवन बीमा र माइक्रोफाइनान्स समूहमा समेत वृद्धि भएको छ।
अर्कोतर्फ फाइनान्स, जलविद्युत्, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूह घटेका छन्। आज १३७ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्य घटेको छ।












