काठमाडाैं :- बागमती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ बैंकिङ कसुरसम्बन्धी अनुसन्धानमा तानिनुभएको छ।
उहाँविरुद्ध अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको जनाइएको छ। बैंकिङ कसुरको विषयमा थप अनुसन्धान गर्न उहाँलाई नियन्त्रणमा लिने प्रक्रिया अघि बढाइएको हो।
बानियाँ २०८२ साउनदेखि २०८३ भदौसम्म मुख्यमन्त्रीको जिम्मेवारीमा रहनुभएको थियो।












