रौतहट :- रौतहटमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा बौधीमाई नगरपालिका–४, इनर्बारी टोल निवासी १९ वर्षीय अर्जुनप्रसाद जैसवाल रहेका छन्।
सोमबार साँझ आफ्नै घरको छतमा झिलिमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।
घाइते जैसवाललाई उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।












