काठमाडौँ :- आजको कारोबारमा सेयर बजार परिसूचक नेप्से ११.९० अंकले घटेको छ। नेप्से परिसूचक २५८७.२५ विन्दुमा झरेसँगै बजारमा ०.४५ प्रतिशतको गिरावट आएको हो।
कारोबारका क्रममा ३५६ धितोपत्रका १ करोड १९ लाख १२ हजार ५५० कित्ता सेयर किनबेच भएका छन्। कुल ४३ हजार ६८५ कारोबारबाट ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको छ।
आज म्युचुअल फन्ड र व्यापार उपसमूहमा वृद्धि भए पनि अन्य सबै उपसमूहमा गिरावट देखिएको छ। उत्पादन तथा प्रशोधन उपसमूह ०.७३ प्रतिशतले घटेको छ।
एनएमबी डिबेन्चरको मूल्य १४.२९ प्रतिशतले बढ्दा एसबीएल डिबेन्चर ८.८० प्रतिशतले बढेको छ। सिन्धु विकास बैंकको मूल्य भने ८.५५ प्रतिशतले घटेको छ।












