काठमाडौँ :- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचनअघि गरेका वाचाअनुसार सरकारले काम नगरेको आरोप लगाउनुभएको छ ।
धादिङ–२ को क्षेत्रीय कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले निर्वाचनअघि एउटा कुरा गर्ने र निर्वाचनपछि त्यसको विपरीत व्यवहार गर्न नहुने बताउनुभयो ।
उहाँले सरकारले लोकतन्त्र, विधिको शासन र संसदीय व्यवस्थामाथि प्रहार गर्ने गरी काम गरे कांग्रेसले खबरदारी गर्ने बताउनुभयो ।
साथै, सरकारका कामकारबाहीको सूक्ष्म अध्ययन गरी तथ्यसहित जनतामाझ ल्याउने र भ्रष्टाचारविरुद्ध सशक्त रूपमा अघि बढ्ने उहाँले बताउनुभयो ।












