नयाँ दिल्ली :- प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरले उहाँसँग भेटवार्ता गर्ने हुनुभएको छ।
सोमबार साँझ प्रधानमन्त्री शाह बस्नुभएको होटल ताज पुग्नुभएका विदेशमन्त्री जयशंकरबीच शिष्टाचार भेटवार्ता हुने कार्यक्रम रहेको छ।
दुईदिने राजकीय भ्रमणका लागि भारत पुग्नुभएका प्रधानमन्त्री शाहलाई विमानस्थलमा भारतीय वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, नेपाल र भारतका राजदूत तथा दुवै देशका वरिष्ठ अधिकारीहरूले स्वागत गर्नुभएको थियो।












