काठमाडौं :- नेपाली बजारमा मंगलबार सुनको मूल्य बढ्दा चाँदीको मूल्यमा भने गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ पुगेको छ। चाँदी भने प्रतितोला २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँमा झरेको छ।
सोमबार सुन र चाँदीको मूल्य क्रमशः २ लाख ८१ हजार ५०० रुपैयाँ र ३ हजार ९९५ रुपैयाँ रहेको थियो।












