काठमाडौं :- आज नेपाली बजारमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले घटेर ३ लाख ३ हजार ९०० रुपैयाँ कायम भएको छ।
त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले बढेर ४ हजार ८०५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।












