काठमाडौं :- राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ।
राष्ट्रपतिको स्वकीय सचिवालयका अनुसार भेटका क्रममा मुलुकको समसामयिक विषयमा छलफल भएको थियो।
त्यस्तै, सभापति लामिछानेको सचिवालयले सरकार, संसद्, अध्यादेश तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाएको छ।












