काठमाडौं :- मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज आइतबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार उहाँको शपथ ग्रहण कार्यक्रम बिहान १० बजेका लागि तय गरिएको छ। प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुहुनेछ।
शनिबार प्रदेश प्रमुख कर्णले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो।












