काठमाडौँ :- नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेको हो।
आइतबार प्रतितोला २ लाख ७८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेर सोमबार २ लाख ८१ हजार ५०० रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। आइतबार ३ हजार ९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार बढेर ३ हजार ९९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।












