काठमाडौं :- नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। हिजो बसेको सचिवालय बैठककै निरन्तरताका रूपमा आज बैठक बसेको एमालेले जनाएको छ।
आइतबार निर्वाचन समीक्षा कार्यदलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएपछि स्थगित भएको सचिवालय बैठक पुनः बसेको हो। बैठकले आजदेखि सुरु हुने पार्टी केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ।
एमाले केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजे ललितपुरको भनीमण्डलस्थित रामबाग पार्टी प्यालेसमा बस्ने कार्यक्रम छ। फागुनमा सम्पन्न निर्वाचनपछि पहिलोपटक बस्न लागेको बैठकमा सबै केन्द्रीय कमिटी सदस्यलाई बोल्नका लागि समय उपलब्ध गराउने तयारी गरिएको एमालेले जनाएको छ।












