काठमाडौँ :- सभामुख डोलप्रसाद (डिपी) अर्यालले सरकारका कामकारबाहीबारे प्रश्न उठ्नु स्वाभाविक भए पनि निर्णय गर्दा कानुनी विधि र प्रक्रिया पालना भइरहेको बताएका छन्।
शनिबार पाल्पामा आयोजित लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ पी नेपालको दोस्रो क्याबिनेट बैठकमा उनले संघीयता कार्यान्वयनका क्रममा देखिएका कानुनी तथा व्यावहारिक समस्या समाधान गर्न सरकारले कानुन संशोधनको प्रक्रिया अघि बढाएको जानकारी दिए।












