काठमाडौँ :- स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा पूरा हुने भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचनको तयारी थालेको छ।
यसैक्रममा आयोगले आज बिहान ११:३० बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ। निर्वाचनको मिति निर्धारण, व्यवस्थापन तथा आवश्यक पूर्वतयारीबारे दलहरूको सुझाव लिन छलफल आयोजना गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
छलफलपछि आयोगमा दर्ता भएका अन्य राजनीतिक दलहरूसँग पनि परामर्श गर्ने कार्यक्रम रहेको छ।












