ललितपुर :- ललितपुरको महालक्ष्मी नगरपालिका–४, इमाडोलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार शनिबार राति रामबाबु केसीको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ४१ वर्षीय केसीसमेत रहेका छन्।
उनीहरूको साथबाट प्रहरीले नगद एक लाख ७० हजार ७१० रुपैयाँ र १५ बुक तास बरामद गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।












