काठमाडौं :- बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले आज ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ।
राष्ट्र बैंकले एक महिनाका लागि निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याउन लागेको हो। वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन तथा ब्याजदर व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले यस्तो उपकरणमार्फत रकम खिच्दै आएको छ।
राष्ट्र बैंकका अनुसार आज संकलन हुने निक्षेपको साँवा तथा ब्याज २०८३ कात्तिक ११ गते भुक्तानी गरिनेछ। यसअघि असोज ८ गते २० अर्ब रुपैयाँ निक्षेप संकलन गरिएको थियो।












