अर्घाखाँची :- अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ जाँदै गरेको बस शितगंगा नगरपालिका–२ को भनपाटामा दुर्घटनामा परेको छ। बसमा सवार ३० जनामध्ये चार जना गम्भीर घाइते भएका छन् भने अन्य यात्रुलाई पनि चोटपटक लागेको छ।
घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।












