एजेन्सी :- कठुआको माश्का क्षेत्रमा सीआईएसएफका हेडकन्स्टेबल अभिदेश कुमारले सहकर्मीमाथि गोली चलाउँदा असिस्टेन्ट कमान्डेन्टसहित चार जनाको मृत्यु भएको छ।
विवादपछि गोली चलेको प्रारम्भिक जानकारी भए पनि घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ। प्रहरीले आरोपी जवानलाई पक्राउ गरी घटनामा प्रयोग भएको राइफल बरामद गरेको जनाएको छ।












