काठमाडौँ :- नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य भने प्रतितोला ४ हजार ४२५ रुपैयाँ कायम भएको छ। अघिल्लो दिनकै मूल्यमा आज पनि सुनचाँदीको कारोबार भइरहेको हो।












