चितवन :- इच्छाकामना गाउँपालिका–४ स्थित धारापानीमा तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
पृथ्वी राजमार्गमा आज बिहान भएको दुर्घटनामा बागमती प्रदेशका दुई सवारीसाधन र कोशी प्रदेशको नम्बर प्लेट भएको ट्रक संलग्न रहेका छन्।
दुर्घटना बिहान ८:४५ बजे भएको हो। घाइतेहरूको अवस्था र दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी छ।












