काठमाडौँ :- ३० लाख रुपैयाँ दिने भन्दै एक व्यक्तिलाई बोलाएर नक्कली नोट दिएर ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दिनेश विक र कृष्णप्रसाद लामिछाने रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई बल्खुबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनीहरूले १० लाख रुपैयाँ ल्याउन लगाई त्यसको बदलामा ३० लाख रुपैयाँ दिने प्रलोभन देखाएका थिए। तर, रकमको सट्टा नक्कली नोट दिएर ठगी गरेको आरोप उनीहरूमाथि छ।












