काठमाडौँ :- तामाका भाँडा तथा पूजाका सामग्री चोरी गरेको आरोपमा प्रहरीले कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीका २४ वर्षीय आकाश लामा, ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी रहेका छन्।
प्रहरी वृत्त कीर्तिपुरका अनुसार उनीहरूमाथि कीर्तिपुरका विभिन्न स्थानबाट ३६ थान तामाका कलश, दुई थान पूजाका थाली तथा तामाकै वायरिङ तार चोरी गरेको आरोप छ।












