काठमाडौँ :- प्रतिनिधिसभाको बैठक आजबाट सुरु भएको छ। बैठकको आकस्मिक समयमा सांसदहरूले समसामयिक विषय उठाउँदै सरकार तथा सदनको ध्यानाकर्षण गराइरहेका छन्।
बैठकमा ‘फोहरमैला व्यवस्थापन विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ। त्यस्तै, नागरिक लगानी कोष र भुक्तानी तथा फस्र्यौटसम्बन्धी संशोधन विधेयक अघि बढाउने प्रस्तावसमेत प्रस्तुत हुने सम्भावित कार्यसूची छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। संसद् सचिवालयका अनुसार विभिन्न समितिका आजका बैठकहरू भने स्थगित भएका छन्।












