काठमाडौं :- काठमाडौंको त्रिपुरेश्वरमा भएको बस आगलागी घटनाको अनुसन्धानका लागि चार सदस्यीय छानबिन समिति गठन गरिएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले गठन गरेको समितिमा एसपी शरद थापा क्षेत्री, डीएसपी सुनिलजंग शाह, डीएसपी कौशल बुढाथोकी र प्रहरी निरीक्षक कृष्ण श्रेष्ठ छन्। समितिलाई घटनाबारे तत्काल छानबिन गरी दोषीलाई कारबाही गर्न सिफारिस गर्ने कार्यादेश दिइएको छ।












