काठमाडौँ :- जापानको आइचीस्थित निशिनमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटका खेल आजदेखि सुरु भएका छन्।
आज पुरुष क्रिकेटतर्फ दुई खेल हुँदैछन्। समूह ‘ए’ अन्तर्गत बिहान पौने ६ बजे अफगानिस्तान र जापान तथा समूह ‘बी’ अन्तर्गत पौने ११ बजे हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुँदैछ।
नेपालले भने प्रतियोगितामा आफ्नो पहिलो खेल भोलि शुक्रबार बिहान पौने ११ बजे अफगानिस्तानसँग खेल्नेछ। नेपाल समूह ‘ए’ मा अफगानिस्तान र जापानसँग रहेको छ। समूहमा तीन टोली रहेकाले नेपालले कम्तीमा एक खेल जिते क्वाटरफाइनलमा पुग्ने सम्भावना रहनेछ।












