काठमाडाैं :- चाडपर्व नजिकिँदै गर्दा मोटरसाइकलको नियमित तथा पूर्वसावधानीपूर्ण मर्मतसम्भारलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाजले राष्ट्रिय निःशुल्क चेक अप क्याम्प सुरु गरेको छ।
असोज ४ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने क्याम्पअन्तर्गत नेपालभर रहेका कुनै पनि बजाज सर्भिस सेन्टरमा पुगेर मोटरसाइकलको निःशुल्क व्यावसायिक चेकअप गराउन सकिने कम्पनीले जनाएको छ।
चेकअपका क्रममा थप मर्मतसम्भार वा पार्टपुर्जा परिवर्तन आवश्यक देखिएमा ग्राहकले विभिन्न सेवामा विशेष छुटसमेत पाउनेछन्। क्याम्प अवधिभर लेबर चार्जमा ५० प्रतिशत, इन्जिन आयलमा १६ प्रतिशत, स्पेयर पार्ट्समा १० प्रतिशत र युरोग्रिप टायरमा १० प्रतिशत छुट उपलब्ध हुनेछ।
चाडपर्वका बेला यात्राको संख्या र दूरी बढ्ने भएकाले यात्रा गर्नुअघि मोटरसाइकलको अवस्था जाँच गरी सम्भावित समस्या समयमै पहिचान गर्न कम्पनीले ग्राहकलाई आग्रह गरेको छ।
यसका लागि छुट्टै क्याम्पस्थलमा जानुपर्ने छैन। नेपालभरका कुनै पनि बजाज सर्भिस सेन्टरमा असोज ४ देखि ९ गतेसम्म पुगेर सेवा लिन सकिनेछ। थप जानकारीका लागि बजाजको २४/७ हेल्पलाइन १६६००१७५५५५ वा ९८०१५७५५५५ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।












