काठमाडौं :- नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया रोक्न मागसहित पेस भएको रिट निवेदन सर्वोच्च अदालतले अध्ययनका लागि राखेको छ ।
विशेष महाधिवेशन आधिकारिकता विवादमा पुनरवलोकनका लागि सर्वोच्च अदालतबाट अनुमति भइसकेको अवस्थामा रिट निवेदन अध्ययनका लागि राखिएको हो ।
महाधिवेशन प्रक्रिया रोक्न माग राखेर नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वारेसमार्फत सर्वोच्च प्रशासनमा रिट पेस गरेका थिए । थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको छ ।
देउवा समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यसअघि नै सर्वोच्चमा पुनरावेदन निवेदनसमेत दिएको थियो । सर्वोच्चले उक्त मुद्दामा पुन: सुनुवाइको आदेश गरिसकेको छ ।












