काठमाडौं :- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। पार्टीका अनुसार बैठक २० भदौमा आयोजना हुनेछ।
बैठकमा मुख्य रूपमा रसुवा–भोटेकोशी बाढीबाट उत्पन्न विपद्का विषयमा छलफल गरिनेछ। त्यस्तै, कांग्रेसको आगामी १५औँ महाधिवेशनका विषयमा समेत बैठकमा आवश्यक छलफल हुने बताइएको छ।
बैठकमा कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहनेछ।












