काठमाडौं :- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जगदीश खरेललाई पार्टीको प्रवक्तामा मनोनीत गरेको छ।
आज बसेको केन्द्रीय कार्यसमिति बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।
खरेल ललितपुर–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।












