काठमाडौँ :- रास्वपा सभापति रवि लामिछानेले सरकार कहालीलाग्दो सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको बताएका छन् ।
भोटेकोशी बाढीपीडितका लाागि सरकारले काम गरेन भन्नेहरूका लागि उनले यस्ताे जवाफ दिएका हुन् ।
‘राज्यले केही गरेन, राज्य कहाँ छ भनेर भनेको सुन्दछु। राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका आफ्ना दाजुभाइदिदीबहिनीहरूको छहारी बन्न रातदिन खटिएको छ,राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलहरूमात्रै होइन, विपद्ले टुटाएको नगारिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ’ लामिछानेले भने।
उनले सर्वस्व गुमाएर खुला आकाशमुनि पुगेका नागरिकको सहारा बन्न राज्य दिनरात खटिरहेको बताए। ‘राज्य यतिबेला भेलले बगाएका सडक र चुँडिएका पुलमात्रै होइन विपद्ले टुटाएका नागरिकको भरोसालाई जोड्ने प्रयास गरिरहेको छ । राज्य यतिबेला भविष्यमा यस्तो विपद् कहिल्यै भोग्न नपरोस् भनेर बदिलयो पूर्वतयारी र सुरक्षित संरचनाको खाका कोरिरहेको छ । राज्य यतिबेला आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिएको छ’ उनले भने।












