मुस्ताङ :- शुक्रबार रातिदेखि परेको वर्षासँगै लेदोसहितको पहिरो खसेर अवरुद्ध बनेको बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दी–सिरुवारी र सुकेबगर खण्डमा यातायात सञ्चालनमा आएको छ।
कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयको पहलमा पहिरो र लेदो पन्छाएपछि आज बिहानदेखि सडक एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो।
वर्षाका कारण लेदोसहितको पहिरो खसेपछि उक्त सडकखण्डमा यातायात अवरुद्ध भएको थियो। अहिले पहिरो हटाएर सडक खुलाइए पनि वर्षा जारी रहेकाले यात्रुलाई सावधानी अपनाउन आग्रह गरिएको छ।












