काठमाडौं :- मंगलबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ। नेप्से परिसूचक ५.३० अंकले घटेर २,५९४.२७ विन्दुमा सीमित भएको छ।
लगातार तेस्रो दिन नेप्से घट्दा मंगलबार ३५७ कम्पनीको सेयर कारोबार भएको छ। कुल ४६ हजार ५५८ पटक भएको कारोबारबाट ४ अर्ब १० करोड ५५ लाख २१ हजार १०७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
बजारमा ७८ कम्पनीको सेयर मूल्य बढ्दा १८७ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।












